समाजपितृशोकमा पनि कार्यालयको काममा सक्रिय स्वास्थ्यकर्मी

पितृशोकमा पनि कार्यालयको काममा सक्रिय स्वास्थ्यकर्मी

spot_img

बझाङ | सरकारी कर्मचारीको कर्तव्यनिष्ठता र सेवाभावको एक उत्कृष्ट उदाहरण बझाङमा देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशी आफ्ना बुवाको निधनपछि किरिया बस्दा पनि कार्यालयको कामकाजमा सक्रिय रहेका छन्।

दुर्गम जिल्ला बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत निवासी जोशीका बुवा धर्मराज जोशीको कात्तिक २३ गते ६५ वर्षको उमेरमा मधुमेहका कारण निधन भएको थियो। परम्परागत रीतिरिवाज अनुसार २४ गते दाहसंस्कार सम्पन्न भएपछि किरिया बस्न थालेका जोशीले सोही दिनदेखि नै किरिया स्थलबाटै कार्यालयको नियमित काममा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

जिल्लाको र्‍यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका जोशीले सरकारी नियमअनुसार १५ दिनको किरिया बिदा पाउने व्यवस्था भए पनि विपद्मा परेका नागरिकको तत्काल उद्धार र सहयोगको काम नरोकियोस् भन्ने उद्देश्यले घरबाटै सेवा प्रवाह गरिरहेको बताए।

“मानवीय सेवामा समर्पित कर्मचारीको हैसियतले विशेषगरी र्‍यापिड रेस्पोन्स जस्ता महत्त्वपूर्ण काम ओझेलमा नपरोस् भन्ने मेरो चाहना हो,” जोशीले भने। उनले थपे, “व्यक्तिगत पीडा र धार्मिक परम्परालाई पनि निर्वाह गर्दै सार्वजनिक सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने उदाहरण पनि पेश गर्न चाहेको छु।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img