देशबागमती प्रदेशबागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा ध्यानाकर्षण

बागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा ध्यानाकर्षण

हेटौंडा | बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले चालू आर्थिक वर्षको योजना कार्यान्वयन र विगतका सर्वदलीय बैठकका निर्णयहरूको कार्यान्वयनमा तीव्रता ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले चालु आर्थिक वर्षका योजनाहरूमा अपुग भएको रकमको विस्तृत विवरण अध्ययन गर्ने निर्णय गरेको छ। साथै, गत असोज १४ गते सम्पन्न सर्वदलीय बैठकका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि प्रदेश सरकारलाई आग्रह गरिएको छ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सातवटै राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img