समाजहेटौंडा अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत ७ दिनसम्म पुनः दर्ता नगरी फलोअप गर्न...

हेटौंडा अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत ७ दिनसम्म पुनः दर्ता नगरी फलोअप गर्न सकिने

हेटौंडा | हेटौंडा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका बिरामीहरूलाई प्रत्येक दिन ओपीडी टिकेट दर्ता गर्नुपर्ने झन्झट हटाउँदै, अब एक पटक दर्ता गरेपछि सात दिनसम्म पुनः दर्ता नगरी फलोअप सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ।

अस्पताल प्रशासनका अनुसार, माघ २९ गतेदेखि लागू हुने नयाँ प्रणालीअनुसार, स्वास्थ्य बीमाका बिरामीहरूले पहिलो पटक OPD दर्ता गरेपछि सात दिनभित्र पुनः दर्ता नगरी नै चिकित्सकसँग परामर्श गर्न सक्नेछन्। साथै, बिलिङ तथा औषधि वितरण प्रक्रियामा समेत सहजता ल्याउन, सम्बन्धित चिकित्सकले आवश्यक परामर्शपछि अनिवार्य रूपमा मिति, नाम, र एनएमसी नम्बरसहितको छाप लगाउनुपर्ने व्यवस्था गरिएको छ।

अस्पताल प्रशासनले जारी गरेको सूचनामा, प्रत्येक दिन नयाँ बिरामीसरह पुनः दर्ता गर्नुपर्ने पुरानो व्यवस्थाले टिकट काउन्टरमा अनावश्यक भीड बढाएको उल्लेख गर्दै, नयाँ प्रणालीले बिरामीहरूको समय बचत हुनुका साथै व्यवस्थापन प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

यदि बिरामीले अघिल्लो दिनको भन्दा फरक विभागमा परीक्षण गराउनुपर्ने भए, पुनः दर्ता गर्नुपर्ने अस्पताल प्रशासनले जनाएको छ।

हेटौंडा अस्पतालले अनलाइनमार्फत बिरामीहरूलाई घरैबाट उपचारका लागि नाम दर्ता गर्ने सुविधा उपलब्ध गराएको भए पनि सो सेवा अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन। हाल, अनलाइन प्रणालीमार्फत अघिल्लो दिन राति १२ बजेभन्दा अघि नाम दर्ता गरेका बिरामीहरूले काउन्टरमा लाइन नबसी टिकट प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

हेटौंडा अस्पतालमा हाल दैनिक औसत १ हजार १ सय बिरामीले बाह्य सेवाहरू लिइरहेका छन्। नयाँ प्रणालीले अस्पतालको सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img