समाजपाथीभरा ट्याक्सी दुर्घटना : करेन्ट लागेर आगलागी, एकै परिवारका तीनसहित चार जनाको...

पाथीभरा ट्याक्सी दुर्घटना : करेन्ट लागेर आगलागी, एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं | ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको ट्याक्सीमा करेन्ट लागेर आगलागी हुँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

ट्याक्सीमा सवार यात्रुहरू मध्ये झापा भद्रपुर–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी ६० वर्षीया श्रीमती सिरता पौडेल र उनीहरूको नातिनी, ललितपुर महानगरपालिका निवासी १६ वर्षीया आध्या आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। ट्याक्सी चालक, ताप्लेजुङ फुङलिङ–१० फुरुम्बु निवासी ४२ वर्षीय दुर्गा भट्टराईको पनि घटनास्थलमै मृत्यु भएको हो।

घाइतेमध्ये आध्याकी आमा, ४५ वर्षीया सविना आचार्य (सन्ध्या) को अवस्था गम्भीर रहेको छ। उनको शरीरको धेरै भाग जलेकोले हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन्। सविनाका १० वर्षीय छोरा अभियव आचार्यको अवस्था भने सामान्य छ।

दुर्घटना ताप्लेजुङको फुरुम्बु–१० स्थित तेर्से भन्ने स्थानमा सवारी नम्बर ३०११ रहेको ट्याक्सीमा करेन्ट लागेर भएको हो। आगलागीपछि सवारी पूर्ण रूपमा जलेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img