देशकोशी प्रदेशधरानमा लागुऔषधसहित तिनजना पक्राउ

धरानमा लागुऔषधसहित तिनजना पक्राउ

इटहरी : सुनसरीको धरान उपमहानगरपालिका -१५ निराजन बस्तीबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

लागुऔषधसहित पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय दिपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।१० गते शुक्रबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नाइट्रोजन ७० ट्याब्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद ३६ हजार ५०० सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img