देशबागमती प्रदेशबागमती प्रदेश सभाको दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागमती प्रदेश सभाको दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सञ्चारकर्मी र प्रदेश सरकारबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित सञ्चालित दुईदिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार युवराज घिमिरेले ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा अन्तरक्रिया सत्र सञ्चालन गरेका थिए। उनले पत्रकारिताको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक उतारचढावका घेरामा सञ्चार माध्यमले खेलेको भूमिका र वर्तमान सन्दर्भमा स्वतन्त्रता जोगाउँदै उत्तरदायित्व वहन गर्नुपर्ने कुरामा जोड दिएका थिए।

दोस्रो दिन आज, कान्तिपुर दैनिकका सम्पादक दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’ विषयमा अन्तरक्रिया गरे। उनले संसदीय गतिविधिमा पत्रकारिताको भूमिकाबारे अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै प्रदेशस्तरीय पत्रकारिता अझ जिम्मेवार र सशक्त हुनुपर्ने आवश्यकतामाथि प्रकाश पारे।

कार्यक्रममा बागमती प्रदेश सभामुख,  प्रदेश सभा सचिव रामकुमार पौडेल,  सचिवालय सचिव पूर्ण बहादुर दर्जी,  पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण शारू मगर, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीसहित मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img