समाजहेटौँडामा वर्षायामभरि सडक खन्न रोक

हेटौँडामा वर्षायामभरि सडक खन्न रोक

हेटौँडा | सडक डिभिजन कार्यालय हेटौंडाले आगामी वर्षायामभरि सडक खन्न पूर्णरूपमा रोक लगाएको छ। कार्यालयले सूचना जारी गर्दै असार ३ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि प्रयोजनका लागि सडक खन्न स्वीकृति नदिइने जनाएको हो।

ढल, धारा, बिजुली, टेलिफोन जस्ता कार्यका लागि वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भव नहुने र सडक झनै बिग्रने भएकाले यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट पारेको छ।

सूचनामा अवज्ञा गरी सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img