समाज३३ परिवार अपाङ्गता परिवारलाई उपमहानगरको सहयोग
spot_img

३३ परिवार अपाङ्गता परिवारलाई उपमहानगरको सहयोग

हेटौँडा | हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएका ३३ परिवारलाई कृषि व्यवसायमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा, बंगुर र माहुरी पालनका सामग्रीहरू प्रदान गरेको छ।

अपाङ्ग सरोकार केन्द्रसँगको सहकार्यमा नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरीका घार र २ परिवारलाई बंगुर वितरण गरेकी हुन्। कार्यक्रम उपमहानगरको कृषि व्यवसाय प्रवर्धन योजनाअन्तर्गत सञ्चालित गरिएको हो।

नगर प्रमुख लामाले उपमहानगरले बिउँ पूँजी स्वरूप यो सहयोग उपलब्ध गराएको बताउँदै सहयोगलाई दीगो आय आर्जनतर्फ लैजान सुझाव दिइन्। अपाङ्गता भएका नागरिकले घरमै बसेर आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले नगरले ५० प्रतिशत लागत व्यहोरेको छ।

सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीका अनुसार, हालसम्म ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा माहुरी घार र ४ वटा गोठ निर्माणका लागि अनुदान दिइएको छ।

कार्यक्रम वडानम्बर १ मा गर्ने तयारी भए पनि पछिल्लो समय जनप्रतिनिधिमाथि भएको आक्रमणका कारण सुरक्षाको कारण ५ नम्बर वडाको पिप्ले क्याम्पा रंगशालामा सारिएको जानकारी अध्यक्ष दवाडीले दिए। साथै उनले जनप्रतिनिधिमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img