समाजहेटौँडा–४ का वडाध्यक्षमाथि आक्रमण गर्ने मञ्जु तामाङ २ हजार धरौटीमा रिहा

हेटौँडा–४ का वडाध्यक्षमाथि आक्रमण गर्ने मञ्जु तामाङ २ हजार धरौटीमा रिहा

हेटौँडा | हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा आइतबार मञ्जुलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गत बिहीबार हेटौँडा–४ स्थित हुप्रचौरतर्फ जाँदै गरेको भित्री सडक निर्माण स्थलमा वडाध्यक्ष सिग्देल निरीक्षणका लागि पुगेका थिए। त्यही बेला निर्माण व्यवसायी मञ्जु तामाङले मोबाइलबाट भिडियो खिच्न खोजेपछि वडाध्यक्षले रोक्दै हातमा लागेको र मोबाइल खस्दै गर्दा मञ्जुले आक्रोशमा आक्रमण गरेको बताइएको छ। वडाध्यक्षले आफैंले मोबाइल नखिच्न भन्दै हात लम्काएको र त्यसपछि झगडा भएको स्वीकारेका छन्।

मञ्जुको आक्रमणको विरोधमा हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले शुक्रबार एक दिन सबै सेवा बन्द गरेको थियो। उपमहानगरको सेवा रोकिनुमा भने तीव्र आलोचना भएको छ।

यसअघि पनि हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि कालो मोबिल प्रहार भएको थियो। उक्त घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने अन्य फरार छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img