बागमती प्रदेशमकवानपुरराप्रपा मकवानपुर क्षेत्र नं. १(ख) को अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष चयन

राप्रपा मकवानपुर क्षेत्र नं. १(ख) को अधिवेशन सम्पन्न, सापकोटा अध्यक्ष चयन

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १(ख) को क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले देवनारायण सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको छ।

सापकोटाको नेतृत्वमा २५ सदस्यीय क्षेत्रीय कार्यसमिति चयन भएको र समितिको पहिलो बैठकले दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र एक सहसचिव मनोनयन गर्ने बताइएको छ। यसअघि सापकोटा पार्टीको स्थानीय तहमा संयोजकका रूपमा सक्रिय थिए।

हेटौँडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन पूर्व अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह थिए। उद्घाटन सत्रमा राप्रपा केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

अधिवेशनकै अवसरमा विभिन्न पार्टी परित्याग गरेका करिब १२० जना युवाले राप्रपामा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्ताहरूको स्वागत गर्दै नेताहरूले पार्टीलाई वैकल्पिक शक्ति बनाउने प्रक्रियामा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा केन्द्रीय नेताहरूले स्थानीय तहमा संगठन बलियो बनाउन र राप्रपालाई जनतामा विश्वासिलो बनाउनेतर्फ लाग्न कार्यकर्तालाई आह्वान गर्दै कार्याक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यावाद ब्याक्त गरे ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img