देशबागमती प्रदेशभदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौँडा । चेपाङ समुदायको सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश सरकारको निर्णयअनुसार आउँदो भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्र (खण्ड ८, सङ्ख्या ३२, भाग ३) मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार सो जिल्लामा बिदा दिने व्यवस्था गरिएको हो।

चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लामा हरेक वर्ष न्वागी पर्व विशेष उत्साहका साथ मनाइन्छ। यस पर्वमा नयाँ अन्नबाली वा फलफूल पितृलाई चढाएपछि मात्र खाने परम्परा छ। नयाँ उब्जनी पितृलाई नचढाई खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास चेपाङ समुदायमा प्रचलित छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img