समाजहितेन्द्रदेव शाक्यलाई मासिक करिब ३ लाख तलब–सुविधासहित ऊर्जा आयोगमा सरुवा

हितेन्द्रदेव शाक्यलाई मासिक करिब ३ लाख तलब–सुविधासहित ऊर्जा आयोगमा सरुवा

काठमाडौं | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर हितेन्द्रदेव शाक्यलाई मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ तलब–सुविधा सुनिश्चित गरेर सरकारले जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरी शाक्यलाई सरुवा गरेको हो। उनी प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पाउँदै आएको सुविधा नघट्ने गरी आयोगको सचिवसरह विज्ञ सदस्यका रूपमा जिम्मेवारी दिने निर्णय भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

शाक्यको स्थानमा प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ।

गत ११ चैतको मन्त्रिपरिषद् बैठकले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। उनको नियुक्ति सुरुदेखि नै विवादित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img