देशअविरल वर्षा र पहिरोले कोशी–बागमतीका प्रमुख सडक अवरुद्ध

अविरल वर्षा र पहिरोले कोशी–बागमतीका प्रमुख सडक अवरुद्ध

spot_img

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमती, अन्तर्गत केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको संखुवासभा जिल्लामा दुई स्थानमा कोशी राजमार्ग अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ बरुणमा जेठ ६ गतेदेखि र मकालु गाउँपालिका–३ एकुवामा भदौ १५ गतेदेखि राजमार्ग बन्द रहेको छ।

त्यस्तै, बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढी र असोज १६ गतेको पहिरोले नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक खोल्नका लागि सम्बन्धित निकायहरूले काम गरिरहेका छन् भने नेपाल प्रहरीले सर्वसाधारणलाई सुरक्षित यात्रा गर्न सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img