आज चतुर्दशीदेखि पूर्णिमा तिथि, पूर्वभाद्रपदादेखि उत्तरभाद्रपदा नक्षत्र र मीन चन्द्रराशिको योग बनेको छ। शुक्लपक्षको यो दिन शरद ऋतु र दक्षिणायनमा रहेको छ। बिहान ५:५९ बजे सूर्योदय र बेलुका १७:४३ बजे सूर्यास्त हुन्छ। वृद्धि योगले मध्याह्न १४:२६ सम्म शुभ कार्यमा सफलता दिन्छ भने वणिज करणले व्यापारिक लेनदेन अनुकूल हुन्छ। पूर्णिमा तिथिले आध्यात्मिक कार्य, दान, पूजा र मनोकामना पूर्तिका लागि विशेष फलदायी समय प्रदान गर्दछ। मीन राशिमा चन्द्रमा रहँदा भावनात्मक सन्तुलन र सृजनात्मक कार्यमा सफलता मिल्ने योग बनेको छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक कामबाट राम्रो लाभ हुनेछ। सिनियरसँग बहसमा नपर्नुहोस्, तनाव बढ्न सक्छ। सम्बन्धमा पारदर्शिता राख्नुहोस्, लुकाउने काम नगर्नुहोस्। खर्च बढ्न सक्छ तर विदेशी सम्पत्तिबाट फाइदा हुन्छ। भाग्यबल २०%, शुभअङ्क ३, शुभरङ सेतो। मन्त्र: ॐ नमःपशुपतये (२१ पटक)।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्रत्याशित ठाउँबाट विशेष लाभ आउनेछ। परिवार र छोराछोरीबाट सन्तोष मिल्छ। घरजग्गा व्यवसायीलाई राम्रो सम्झौताको मौका छ। सहकार्यमा अरूको भरमा मात्र नबस्नुहोस्। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ घिउरङ/सेतो। मन्त्र: ॐ चं चन्द्रमसे नमः (११ पटक)।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको क्षमताको सही मूल्याङ्कन हुन्छ। क्यारियरको बारेमा चिन्तन गर्ने र पढाइ बढाउने उत्तम समय हो। लक्ष्य र योजना कार्यान्वयन गर्न अनुकूल दिन छ। उच्चपदस्थसँग मित्रता र सम्मान पाउन सक्नुहुन्छ। भाग्यबल १००%, शुभअङ्क १, शुभरङ सेतो/घिउरङ। मन्त्र: ॐ शशिशेखराय नमः (२१ पटक)।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमीसँग भेट हुँदा आनन्द बढ्छ, विवाहको योजना पनि बन्न सक्छ। परोपकारी कामको मौका आउँछ। धार्मिक काममा समय दिनुपर्दा व्यस्त हुनुहुन्छ तर कारोबारमा प्रभाव पर्दैन। भाग्यबल १००%, शुभअङ्क ९, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ सों सोमाय नमः (११ पटक)।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिन्ता र डरले घेर्छ, एकान्त वा आध्यात्मिक कामलाई समय दिनुहोस्। वातावरण विपक्षमा छ, पढाइमा ध्यान दिनुहोस्। जोखिम नलिनुहोस्, धेरै बटुल्ने सोचमा मूल धन गुमाउन सक्छ। संयमता र धैर्यता राख्नुहोस्। भाग्यबल ३०%, शुभअङ्क ८, शुभरङ सेतो/पहेंलो। मन्त्र: ॐ मृत्युञ्जयाय नमः (२१ पटक)।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो प्रतिभा देखाएर प्रतिष्ठा कमाउने समय हो। लुकेको कलात्मक सीप बाहिर आउँछ, भविष्य सुध्रिन्छ। थालेको काम पूरा गर्नुहोस् नत्र अपेक्षामा कमी आउँछ। परिवार र प्रेमजीवनलाई पनि समय दिनुहोस्। भाग्यबल ८०%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ साम्बसदाशिवाय नमः (२१ पटक)।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बहस र विवादको समय छ, शत्रु बलियो देखिन्छ। तौलेर बोल्नुहोस्, घमण्ड नगर्नुहोस्। स्वास्थ्य, काठ, ढुंगा र ढुवानी व्यवसायीलाई आय बढ्छ। खिसीट्युरी गर्नेसँग सतर्क रहनुहोस्। भाग्यबल १००%, शुभअङ्क ६, शुभरङ सेतो। मन्त्र: ॐ अश्विनीकुमाराभ्यां नमः (२१ पटक)।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्छ। नयाँ काम थाल्ने उत्तम समय हो। बुद्धिको प्रयोग गरी सफलता पाउनुहुन्छ। जुनियर साथीको सहयोग लिनुहोस्। साथीसँग रमाउँदा दिन बित्छ। भाग्यबल ६५%, शुभअङ्क ५, शुभरङ सेतो। मन्त्र: ॐ ऐं सरस्वत्यै नमः (११ पटक)।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यालयको काममा खासै मेहनत पर्दैन। परिवारका सदस्यको भावना बुझ्नुहोस्, सन्तुष्टि मिल्छ। गोपनीयता राख्नुहोस्, चियोचर्चो गर्नेले तनाव बढाउँछन्। परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ। भाग्यबल २०%, शुभअङ्क ४, शुभरङ घिउरङ। मन्त्र: ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः (११ पटक)।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदार र सहकर्मीको सुझाव लाभदायी हुन्छ। सामाजिक कार्यक्रममा सक्रिय हुनुहुन्छ तर कामधन्दामा असर पर्दैन। परिवारमा कसैको उन्नतिको खुसीयाली समाचार आउँछ। मिहिनेतको राम्रो परिणाम पाउनुहुन्छ। भाग्यबल १००%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ भालचन्द्राय नमः (२१ पटक)।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ परियोजना थाल्न उत्तम समय छ। सामूहिक कार्यक्रममा नयाँ विचार र योजना आउँछन्। सुखसुविधाका लागि किनमेल बढ्छ तर चिन्ता छैन। परीक्षा र प्रतिस्पर्धामा जित्ने दिन हो। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ घिउरङ। मन्त्र: ॐ सुधाकराय नमः (११ पटक)।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मोन्नति र व्यक्तित्व विकासको समय हो। घर, सम्पत्ति र गाडीको बारेमा सोच्नुहुन्छ। प्रेमजीवनमा माया र समझदारी बढ्छ। इच्छा पूरा हुन्छ, विद्वान् गुरुसँग भेट हुन्छ। भाग्यबल ८५%, शुभअङ्क १, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ गुं गुरवे नमः (१९ पटक)।




