राशिफलदैनिक राशिफलअसोज २१ गते मङ्गलवारको भाग्यफल

असोज २१ गते मङ्गलवारको भाग्यफल

आज पूर्णिमाको विशेष दिन हो जुन बिहान ९:३५ सम्म रहनेछ, त्यसपछि प्रतिपदा सुरु हुन्छ। शरद ऋतुको सुखद मौसममा दक्षिणायनको समय चलिरहेको छ। चन्द्रमा बिहान ९:२७ सम्म मीन राशिमा रेवती नक्षत्रमा रहने र त्यसपछि मेष राशिको अश्विनी नक्षत्रमा प्रवेश गर्ने छ। योग ध्रुव (११:४७ सम्म) र त्यसपछि व्याघात हुन्छ, जसले दिनको पहिलो भागमा स्थिरता र त्यसपछि सतर्कता अपनाउन सल्लाह दिन्छ। सूर्योदय ६:०० बजे र सूर्यास्त १७:४२ बजे हुने यो दिन आध्यात्मिक कार्य, पूजाआजा र महत्त्वपूर्ण निर्णयका लागि अनुकूल छ, तर दिनको दोस्रो भागमा व्याघात योगका कारण जोखिमपूर्ण काममा सावधानी अपनाउनु उचित हुन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यातायात र मार्केटिङमा राम्रो छ, तर आफैं उपस्थित भएमा मात्र फाइदा हुन्छ। घरबाहिर जाँदा तालसाँचो बलियो बनाउनुहोस्, बहुमूल्य गरगहना नलगाउनुहोस्। सोच्दै नसोचेको विषयमा मन केन्द्रित हुनेछ। पढाइ छाड्ने वा फ्याकल्टी फेर्ने नकारात्मक सोच पनि आउन सक्छ। भाग्यबल ५०%, शुभअङ्क ३, शुभरङ सेतो। मन्त्र: ॐ अं अङ्गारकाय नमः (१० पटक)।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइ र परिवारको सहयोगमा समय बित्छ। राज्यपक्ष र प्रतिष्ठाको कामा सफलता मिल्छ। विगतको मिहिनेतको पुरस्कार पाउने सुन्दर दिन हो, बोनस पनि आउन सक्छ। एकआपसमा राम्रो समझदारी बढ्छ। शत्रुहरू आफैं तर्किएर हिँड्छन्। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ धनदाय नमः (२१ पटक)।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वाहनसुख वा महत्त्वपूर्ण भ्रमणको सङ्केत छ। घरबाट शुभ वा माङ्गलिक कर्मको सन्देश आउँछ। कारोबारमा राम्रो प्रतिफल मिल्छ। साझेदारसँग अनुभव बटुल्नु महत्त्वपूर्ण छ। पारिवारिक सम्बन्धमा नयाँ मिठास आउँछ, बृद्धबृद्धाको आशीर्वाद मिल्छ। भाग्यबल १००%, शुभअङ्क १, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ भूमिनन्दनाय नमः (१० पटक)।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञानको भण्डार बढ्छ, दार्शनिक भावना जाग्छ। साथी र गुरुसँग छलफल गर्दा दिमाग तिखार्न पाइन्छ। घरपरिवारको सहयोग गर्नुहोस् तर उदार भएर कमजोरी देखाउनुहुन्न। दैवले साथ दिन्छ, बुद्धि खियाएर काम गर्दा सफल हुनुहुन्छ। भाग्यबल १००%, शुभअङ्क ९, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ देवगुरुभ्यो नमः (१९ पटक)।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नवीन कार्य गर्ने भावना जाग्छ तर मनको कुरो मनैमा रहन सक्छ। चुनौती र सङ्घर्षको समय हो। शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्छ। सहयोगी पाइँदैन, बन्नै लागेको काम पनि बिग्रन सक्छ। आफैं खट्नुपर्ने दिन हो। भाग्यबल ३५%, शुभअङ्क ८, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् (२१ पटक)।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
किनमेलबाट लाभ हुन्छ। साझेदार र सहयोगीले पूर्ण साथ दिन्छन्। प्रतिस्पर्‌द्धामा सफलता मिल्छ। नेतृत्व र व्यवस्थापकीय क्षमता उपयोगी हुन्छ। पारिवारिक जीवन र आत्मिक आनन्दको उत्कृष्ट समय हो। जीवनसाथीलाई फकाएर काम निकाल्न सकिने दिन हो। भाग्यबल ७०%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ कात्यायनी भगवत्यै नमः (११ पटक)।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई फरक साबित गर्ने दिन हो। मनोद्वेग बढ्न सक्छ, घरव्यवहारमा संयम राख्नुहोस्। तर्क र बहसमा विजय मिल्छ। शत्रु वरिपरि छन्, योजना गोप्य राख्नुहोस्। एकान्तमा बसेर आत्मिक आनन्द लिने दिन हो। तपाईंको हठले कहिलेकाहीं समस्या ल्याउन सक्छ। भाग्यबल १००%, शुभअङ्क ६, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः (१० पटक)।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सांसारिक सुखको झुकाव बढ्छ। जुनियर स्टाफको अभावमा घरका कनिष्ठ नातेदारको सहयोग लिनुहोस्। पारिवारिक वातावरण सुखमय हुन्छ, पतिपत्नीमा राम्रो समझदारी बढ्छ। छोराछोरीका लागि केही काम लुकाएर गर्नुपर्छ। पठनपाठन र सीपले भाग्य चम्काउने समय हो। भाग्यबल १००%, शुभअङ्क ५, शुभरङ सेतो। मन्त्र: ॐ धरणीसुताय नमः (१० पटक)।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुरा काट्नेको सक्रियता बढ्छ, दिमाग भारी हुन्छ। बुढाबुढी वा परपाहुनाको सेवा गर्नुपर्छ। सोच्ने शक्ति र निर्णय क्षमतामा कमी आउँछ। यो गरौं कि त्यो गरौं भन्ने अलमल हुन्छ। आक्रामक व्यवहारले आफन्तमा गलत प्रभाव पर्छ। क्रोध नियन्त्रण गरी अनुशासित छवि देखाउनुहोस्। भाग्यबल २५%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ भ्रामरीदेव्यै नमः (११ पटक)।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहकर्मी र जुनियर स्टाफसँग विचारविमर्श हुन्छ। इष्टमित्र र नातेदारसँग भेटघाट हुन्छ। पार्टनरको ब्याकअप पाउँदा रोमाञ्चक अनुभूति हुन्छ। कार्यक्षेत्रबाट राम्रो प्रतिफल मिल्छ। देशपरदेशबाट शुभ समाचार सुन्न पाइन्छ। सँगीसाथीको इच्छानुसार केही काम गर्नुपर्छ। भाग्यबल १००%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ धरात्मजाय नमः (१० पटक)।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यक्तित्व विकासको अवसर मिल्छ। कामको चापबाट फुर्सद पाइन्छ, बिर्सिएको धन अचानक हातमा आउन सक्छ। एकआपसमा भेटघाट र रमाउने समय हो, तर बोल्दा विचार गर्नुहोस्। नचिताएको सम्पत्ति हात पर्छ। लटरी वा चिट्ठामा भाग लिन अनुकूल छ। भौतिक उपकरण खरिद गर्न सकिन्छ। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ श्रियै नमः (११ पटक)।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक जीवन सहजै बित्छ तर पतिपत्नीमा विचार नमिल्न सक्छ। समर्पण भाव र मायाप्रीति कायम रहन्छ। आत्मविश्वास जाग्छ, नयाँ कुरो जान्ने उत्सुकता बढ्छ। आलस्य नगरी लक्षप्रति लागेमा उच्च सफलता मिल्छ। निर्णय क्षमतामा निखार आउँछ, रचनात्मकता विकास हुन्छ। कलात्मक भावना प्रस्फुटन गर्न समय अनुकूल छ। भाग्यबल ९०%, शुभअङ्क १, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः (१९ पटक)।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img