देशमधेस प्रदेशधनुषामा वडाध्यक्ष हत्या, प्रहरी जवान पक्राउ

धनुषामा वडाध्यक्ष हत्या, प्रहरी जवान पक्राउ

spot_img

जनकपुरधाम  | धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादवलाई पक्राउ गरिएको छ।

प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार भोज खाने विषयमा विवाद हुँदा यादवमाथि गोली प्रहार गरिएको थियो। यस घटनामा केही व्यक्ति घाइते भएका छन् र उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।

हत्या भएको वडाध्यक्षको शव परीक्षणका लागि अस्पताल लगिएको छ। गोली प्रहार गर्ने शम्भु यादव धनुषा प्रहरीले कार्यरत रहेको प्रहरी जानकारी दिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img