देशबागमती प्रदेशबागमती प्रदेश सरकारले गर्‍यो १६ उपसचिवको सरुवा

बागमती प्रदेश सरकारले गर्‍यो १६ उपसचिवको सरुवा

मकवानपुर | बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका नवौँ तहका १६ जना अधिकृत (उपसचिव) को सरुवा गरेको छ।

प्रदेश सरकारको २०८२ पुस २३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, निर्देशनालय तथा कार्यालयमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। प्रदेश सरकारले प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले नियमित रूपमा सरुवा गरिएको जनाएको छ।

सरुवा हुनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न निकायमा कार्यरत अधिकृतहरू रहेका छन्।

निर्णयअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत श्रीकृष्ण आचार्यलाई उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँ सरुवा गरिएको छ भने उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँमा कार्यरत यादवनाथ आचार्यलाई उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडामा जिम्मेवारी दिइएको छ।

यातायात व्यवस्था कार्यालय, कलंकीमा कार्यरत रीता यादवलाई प्रदेश सुशासन केन्द्र, ललितपुर र सामाजिक विकास मन्त्रालयमा कार्यरत अमृत अधिकारीलाई यातायात व्यवस्था कार्यालय, चितवन सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालय, मकवानपुरमा कार्यरत कुमार पोखरेललाई प्रदेश सभा सचिवालय, हेटौँडा र प्रदेश सभा सचिवालयमा कार्यरत विनोद प्रधानलाई संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडामा पठाइएको छ।

यस्तै, श्रम, रोजगार तथा यातायात मन्त्रालयमा कार्यरत विमल भट्टराईलाई यातायात व्यवस्था कार्यालय, हेटौँडा र सोही कार्यालयमा कार्यरत प्रवीण श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडामा कार्यरत प्रकाश अधिकारीलाई यातायात व्यवस्था कार्यालय, राधे–राधे, भक्तपुरको प्रमुखका रूपमा पठाइएको छ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरमा कार्यरत पुष्करचन्द्र घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौँडामा कार्यरत सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय, कलंकी, प्रदेश सुशासन केन्द्र, ललितपुरमा कार्यरत नुमानन्द अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यातायात व्यवस्था कार्यालय, चितवनमा कार्यरत विष्णुकुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौँडा, यातायात व्यवस्था कार्यालय, खुर्कोट, सिन्धुलीमा कार्यरत ताराकिरण राईलाई उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर, यातायात व्यवस्था कार्यालय, राधे–राधे, भक्तपुरमा कार्यरत डण्डबहादुर बस्नेतलाई प्रदेश सभा सचिवालय, हेटौँडा तथा उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा कार्यरत सन्तोष मोक्तालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img