काठमाडौँ । महामन्त्री गगन थापाले विशेष महाधिवेशन पक्ष नै आधिकारिक नेपाली काँग्रेस भएको दाबी गरेका छन्। शेरबहादुर देउवा समूहले कारबाही गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले पार्टीको चुनाव चिन्ह रुख र चारतारे झण्डा आफूहरूसँगै रहेको बताए।
उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै विशेष महाधिवेशन पक्ष नै आधिकारिक काँग्रेस हुनेछ र नेतृत्व चयनको प्रक्रिया ढुक्कसँग अघि बढाइनेछ। निर्वाचन प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगमा जानकारी गराइने पनि उनले बताए।
विशेष महाधिवेशन स्थलमा गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरमाथि कारबाहीको निर्णयपछि काँग्रेसी कार्यकर्ताहरूले शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए।



