समाजनेपालमा एआई नीति र नियमनबारे परामर्श

नेपालमा एआई नीति र नियमनबारे परामर्श

काठमाडौँ | नेपालस्थित क्यानडेली दूतावासले क्यानडाको हम्बर पोलिटेक्निकसँगको सहकार्यमा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नीति तथा नियमन व्यवस्थाबारे सरोकारवालासँग उच्चस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम क्यानडा सरकारको इन्डो–प्यासिफिक एङ्गेजमेन्ट इनिसिएटिभ अन्तर्गतको स्ट्रेन्थनिङ गभर्नेन्स एन्ड रिजनल कोअपरेसन क्षेत्रीय कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो।

नेपालमा आयोजित परामर्श कार्यक्रममा नीतिनिर्माता, सरकारी अधिकारी, शिक्षाविद् तथा संस्थागत र उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एआई नियमनसँग सम्बन्धित अवसर र चुनौतीहरूबारे केन्द्रित छलफल भएको थियो। नीतिगत तयारी, नैतिक तथा जिम्मेवार एआई प्रयोग, र भविष्यका डिजिटल नियमन ढाँचाहरू निर्माणमा सार्वजनिक संस्थाहरूको भूमिकाबारे विशेष रूपमा विचार–विमर्श गरिएको थियो।

कार्यक्रममा क्यानडेली उप–राजदूत मार्क एलनले क्यानडाले एआईमार्फत नवप्रवर्तन, आर्थिक वृद्धि र सामाजिक लाभ हासिल गर्ने सम्भावनालाई दीर्घकालदेखि प्रवर्द्धन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यस्ता परियोजनामार्फत एआई क्षेत्रमा क्यानडाको नेतृत्व राष्ट्रिय सीमाभन्दा बाहिर विस्तार भइरहेको बताउँदै सुरक्षित, जिम्मेवार र नवप्रवर्तनशील एआई प्रणाली विकासका लागि नेपालसँग सहकार्य गर्न क्यानडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

परामर्श कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपालमा एआई क्षेत्रको हालसम्मको प्रगति, चुनौती र सम्भावनाहरूबारे प्रस्तुति दिनुभएको थियो।

परामर्श कार्यक्रमपछि क्यानडाको हम्बर पोलिटेक्निकद्वारा १.५ दिने एआई क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा सार्वजनिक क्षेत्रको शासकीय व्यवस्था तथा नीतिगत कार्यान्वयनमा एआईको व्यवहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img