समाजडिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी तीन पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी तीन पुस्तक सार्वजनिक

काठमाडौँ | डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ। सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती पुस्तकको विमोचन गरिएको हो।

कार्यक्रममा जर्मनीका पत्रकार स्टेफान मोल र तन्जिभ शुल्जद्वारा लिखित डिजिटल युगमा पत्रकारिता पुस्तक सार्वजनिक गरियो। जर्मन भाषामा लेखिएको उक्त पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद तथा सम्पादन गरेका हुन्। पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी तथा पत्रकारिताको गुणस्तरलगायत विषयमा बहुआयामिक चर्चा गरिएको छ।

त्यस्तै, उज्ज्वल आचार्य र उमेश श्रेष्ठद्वारा लिखित मिथ्या सूचना र तथ्यजाँच पुस्तकमा मिथ्या सूचनाको प्रकृति, त्यसको प्रतिकार, तथ्यजाँच प्रक्रिया र मिडिया साक्षरतासम्बन्धी विषय समेटिएका छन्। पत्रकार तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ऋषिकेश दाहालद्वारा लिखित डिजिटल परिदृश्य पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया, युट्युबमा सम्पादकहरूको भूमिका र समाचारमा प्रतिलिपि अधिकारका विषय केलाइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सामाजिक सञ्जालमा मिथ्या सूचनाको प्रभाव बढ्दो रहेको उल्लेख गर्दै निर्वाचनका बेला फैलिन सक्ने मिथ्या सूचनाप्रति सजग रहनुपर्ने बताइन्। वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सामाजिक सञ्जाल र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको भन्दै पत्रकारिताले विश्वास कायम गर्नुपर्ने धारणा राखे।

डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको अवस्थामा पत्रकारहरूले मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने भएकाले चुनौती बढेको बताए। सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नविन खतिवडाले निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गर्दै सत्य स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img