बागमती प्रदेशमकवानपुरहेटौँडामा तरकारीको मूल्य आकाशियो

हेटौँडामा तरकारीको मूल्य आकाशियो

हेटैँडा । चाडपर्व नजिकिएसँगै हेटौँडाका बजारमा तरकारीको मूल्य अत्यधिक बढेको छ। हेटौँडाका खुद्रा पसल तथा खोपेगल्ली क्षेत्रमा दैनिक उपभोग्य तरकारीको भाउ आकासिएपछि उपभोक्ताहरू महँगीको मारमा परेका छन्।

​स्थानीय बजारमा हाल काउली प्रतिकिलो २२० रुपैयाँ, भटमासको कोसा १६० रुपैयाँ, घिउ सिमी १५० रुपैयाँ, टमाटर १२० रुपैयाँ, प्याज ११० रुपैयाँ र आलु ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। चाडपर्वका कारण माग बढेकाले मूल्य बढेको व्यापारीहरूको दाबी छ।

​तर किसानबाट सस्तोमा खरिद गरिएको तरकारी उपभोक्तासम्म पुग्दा बिचौलियाका कारण तेब्बर महँगो हुने गरेको उपभोक्ताहरूको गुनासो छ। हेटौँडा–४ का उदय थापाले दिनप्रतिदिन मूल्य बढ्दा दैनिक भान्सा चलाउनै धौ-धौ परेको बताएका छन्।

​यस्तै हेटौँडा–५ का मदन सापकोटाले किसान र उपभोक्ताबीचको अस्वाभाविक मूल्य अन्तर नियन्त्रण गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायले तत्काल प्रभावकारी बजार अनुगमन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img