राजनीतिनेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै

७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज (असोज १८ गते) देखि काठमाडौँमा सुरु हुँदैछ। असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन्।

​महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो २ बजे खुलामञ्चमा हुने कार्यक्रम छ। भोलिदेखि सुरु हुने बन्दसत्रका लागि २ हजार ५०० प्रतिनिधि अट्न सक्ने क्षमताका तीनवटा छुट्टाछुट्टै हलको व्यवस्था गरिएको छ।

​पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यो महाधिवेशन प्रविधिमैत्री हुनेछ र अनावश्यक तामझाम गरिने छैन। महाधिवेशन उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको प्रवक्ता चालिसेले जानकारी दिए।

​यता, देउवा समूहले भने आउँदो मङ्सिरमा काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधि अगाडि बढाएको छ।

​यसैबीच, महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका गाडीका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघर-भद्रकाली वान वे सडकको एकतर्फी र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। साथै पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि पार्किङ स्थल मिलाउने प्रयास भइरहेको उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img