बागमती प्रदेशमकवानपुरअमिलोमा चिनी ठानेर युरिया मल हाल्दा मनहरीका सात जना बिरामी

अमिलोमा चिनी ठानेर युरिया मल हाल्दा मनहरीका सात जना बिरामी

हेटाैँडा । मकवानपुरको मनहरीमा चिनी भनेर युरिया मल प्रयोग गर्दा सात जना बिरामी भएका छन् । मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे अमिलो साँधेर खाने क्रममा चिनी ठानेर युरिया मल प्रयोग गर्दा उनीहरू बिरामी भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार सुरुमा स्थानीय ११ वर्षीया आयुस्का थिङ, ११ वर्षीया आनुस्का थिङ र नौ वर्षीया मानवी घलानले चिनी ठानेर युरिया मल खाएका थिए । त्यसपछि अमिलो खाने क्रममा अन्यले समेत चिनी ठानी युरिया मल खाएका थिए ।

युरिया मल खाएर बिरामी हुनेमा मनहरी–८, सिमपानीका ४२ वर्षीया सोममाया रुम्बा, ३२ वर्षीया दीपा थिङ, २२ वर्षीय दावा थिङ र पाँच वर्षीया सैनिका बल रहेका छन् ।

बिरामी सबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img