मौसमपहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ। काठमाडौं र तराईका अधिकांश क्षेत्रमा मौसम सुधार भए पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

​जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। काठमाडौं उपत्यकासहित तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

​भोलि बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

​यसैगरी पर्सि शुक्रबार पनि कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार