देशबागमती प्रदेशसरकारी कार्यालय खुल्ने भएपछि काठमाडौं फर्किनेहरूको चाप बढ्यो

सरकारी कार्यालय खुल्ने भएपछि काठमाडौं फर्किनेहरूको चाप बढ्यो

काठमाडाैँ । दशैँ मनाउन उपत्यकाबाहिर गएका मानिसहरू काठमाडौं फर्कने क्रम बढेको छ। सार्वजनिक बिदा आज सकिने र भोलिदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुल्ने भएपछि राजधानी फर्कनेहरूको भिड लागेको हो।

​विजयादशमीको भोलिपल्टैदेखि सुरु भएको फर्कनेहरूको चाप आज ह्वात्तै बढेको छ। यससँगै काठमाडौं उपत्यकाका प्रमुख नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगातीमा सवारीसाधनको अत्यधिक चाप देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी लामो दूरीका बस, माइक्रोबस र निजी सवारीसाधनबाट उपत्यका भित्रिनेको संख्या उच्च रहेको छ।

​बढेको भीडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरी यातायात व्यवस्थापन सहज बनाउने प्रयास गरिरहेको छ। लामो बिदा मनाएर फर्किने कतिपय यात्रीले भने सडकमा जामको सास्ती र यातायात व्यवसायीले मनोमानी ढङ्गले भाडा असुलेको गुनासो गरेका छन्। तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएमा त्यस्ता गाडीलाई तत्काल कारबाही गरिने ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघले चेतावनी दिएका छन्।

​यस वर्षको बड दशैँको अवसरमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातका साधनमार्फत करिब ८ देखि १० लाख मानिस बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार