अन्तर्राष्ट्रियकूटनीतिक प्रयास भइरहेका बेला मध्यपूर्वमा तनाव थप चर्कियो

कूटनीतिक प्रयास भइरहेका बेला मध्यपूर्वमा तनाव थप चर्कियो

अमेरिका र इरानबीचको तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेकै बेला यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको छ। हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई लक्षित गरी साउदी गठबन्धनले भीषण आक्रमण गरेपछि मध्यपूर्वको वातावरण फेरि तरंगित बनेको छ।

​कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार हुथी समूहले साउदी अरबको रियादस्थित विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेपछि त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानासहितका हुथी नियन्त्रित इलाकामा आक्रमण सुरु गरेको हो।

​यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य कारबाही गर्ने कुनै योजना नरहेको बताएका छन्। अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अराघच्चीले अमेरिका वा इजरायलबाट फेरि आक्रमण भए सशक्त जवाफ दिइने र त्यसको परिणाम पहिलेभन्दा फरक नहुने चेतावनी दिएका छन्।

​क्षेत्रीय द्वन्द्व थप नफैलियोस् भन्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू वार्ताका लागि तेहरान पुगेका बेला यो नयाँ सैन्य टकराव भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मध्यपूर्वमा सैन्य कारबाही जारी रहे पनि इरान र अमेरिकाबीचको सम्भावित टकराव रोक्न अन्तर्राष्ट्रिय स्तरबाट कूटनीतिक प्रयासहरू निरन्तर भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार