खेल समाचारएनपीएलको उद्घाटनमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम खेल्दै

एनपीएलको उद्घाटनमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ। बेलुकी ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

​लुम्बिनी लायन्सको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्। यसअघिको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो। यस उद्घाटन खेलको सबै टिकट बुकिङ खुल्ला भएको ३० मिनेटभित्रै बिक्री भइसकेको क्यानले जनाएको छ।

​प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुनेछन्। मंसिर ५ गतेसम्म चल्ने यस प्रतियोगितामा कुल ३२ वटा खेलहरू हुनेछन्।

​एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठवटा फ्रेन्चाइज टोलीहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा विभिन्न देशका चर्चित विदेशी खेलाडीहरूको समेत सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार