बागमती प्रदेशमकवानपुरमकवानपुरका प्रहरी कार्यालयलाई जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता

मकवानपुरका प्रहरी कार्यालयलाई जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका प्रहरी कार्यालयहरूको सेवा प्रवाह सुधार गर्न तथा जिम्मेवारी र जवाफदेहिता बढाउन कार्यसम्पादन सम्झौता गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आर्थिक वर्ष २०८३/८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सम्झौताका क्रममा खत्रीले प्रहरी सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकका गुनासाको सम्बोधन र प्रहरी कर्मचारीको जवाफदेहिता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

प्रहरी कार्यालयहरूको कार्यसम्पादन कागजी प्रक्रियामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्नेमा उनले जोड दिए । नागरिकले सहज रूपमा प्रहरी सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुका साथै प्रहरीप्रतिको जनविश्वास बढाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मनहरी, पालुङ, भीमफेदी, मकवानपुरगढी, ठिङ्गन, फापरबारी र पशुपतिनगरका प्रमुखहरूसँग सम्झौता गरिएको थियो । त्यस्तै, वडा प्रहरी कार्यालय सानोपोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखसँग पनि कार्यसम्पादन सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रहरी कार्यालयहरूको कार्यसम्पादन लक्ष्य निर्धारण गरी त्यसको नियमित अनुगमन तथा मूल्याङ्कन गरिनेछ । यसबाट प्रहरी सेवाको गुणस्तर सुधार हुनुका साथै कार्यालय प्रमुखहरूको जिम्मेवारी थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार