कृषीआइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई धेरैजसो स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेकाले विभागले यस्तो सुझाव दिएको हो।

​विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार आज बेलुकापछि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। अत्यधिक वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उनले जानकारी दिइन्।

​मौसमविद् पोखरेलले आज बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेकी छन्। यस अवधिमा देशका अन्य भूभागमा पनि सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएकाले धान कटानी स्थगित गर्न विभागले किसानलाई सचेत गराएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार