समाजबसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले किच्दा महिलाको मृत्यु

बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले किच्दा महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपादेउरालीमा यात्रुवाहक बसको ठक्करबाट ६३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा इपाकी लीला देवी खत्री रहेकी छन् । बिहीबार बिहान करिब ७ः३० बजे इपाबाट हेटौँडातर्फ आउँदै गरेको बा२ख ९४३० नम्बरको बसबाट ओर्लिएर अगाडिबाट सडक पार गर्ने क्रममा उनलाई सोही बसले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार बसको ठक्करबाट खत्रीको टाउकोमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदी र ठिङ्गनबाट ट्राफिकसहित २० जना प्रहरी परिचालन गरिएको थियो ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार