बागमती प्रदेशमकवानपुरकान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी चलाउन रोक

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी चलाउन रोक

हेटाैँडा । बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिनका लागि रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ। बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले निरन्तर वर्षा भइरहेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले रात्रिकालीन समयमा सवारी चलाउन रोक लगाएको हो।

​प्रशासनले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरेको छ। वर्षाका कारण सडकमा पहिरो खस्ने र सम्भावित दुर्घटनाबाट मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।

​प्रशासनले तोकिएको समयमा कान्ति राजमार्ग हुँदै यात्रा नगर्न र घरबाट निस्कनुअघि मौसम तथा सडकको अवस्था राम्ररी बुझ्न चालक तथा यात्रुहरूलाई विशेष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार