अन्यअब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला...

अब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला भोट गर्नुहोस् !

केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचनाबलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रतादिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माणअभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना
सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ ।

पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ ।कार्यकर्तामा काँग्रेस धनि नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ ।महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५०

प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारीदिए । शर्माले भने, ‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img