शिक्षासिटिइभिटीद्वारा नतिजा प्रकाशित

सिटिइभिटीद्वारा नतिजा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष्द (सिटिइभिटी)ले साेमबार नर्सीङ् शिक्षा, पशु विज्ञान तथा वाली विज्ञानको प्रथम वर्षको नतिजा सर्वजनिक गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यासायिक तालीम परिषद्‌ अन्तर्गत संचालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गतका नर्सीङ शिक्षाा, पशु विज्ञान तथा वाली विज्ञान २०७७–२०७९ काे प्रथम वर्षको परीक्षाफल सार्वजनीक गरेको छ । पशु विज्ञान तथा वाली विज्ञान संकायको अघिल्लो वर्षकाे व्याक पेपरकाे परिक्षाफल समेत प्रकाशन गरेको हो ।

कोभिड १९ को कारण परिक्षाफल रोकीएको कारण प्रविधीक शिक्षाका विद्यार्थीमाझ अन्याैल छाएको थियाे । बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुदा सम्म पनि पुर्ण रुपमा नतिजा प्रकाशनमा ढिलाइ हुदा विद्याथीमा हाैसला गुमाइ विदेशीने अवस्था सम्म उत्पन्न हुने अवस्था थियाे । ढिलै भएपनि प्रकासन भएको नर्सीङ शिक्षा, पशु विज्ञान र वाली वित्रानकाे परिक्षाफलले भने विद्यार्थीमा थप उत्साह जगाएकाे छ । आयुर्वेद, दन्त चिकित्सा, डायग्नोस्टिक रेडियोग्राफी र नेत्र विज्ञान संकायका प्रथम वर्षको परीक्षाको नतिजा भने पुष एक गते नै प्रकाशन गरेको थियो ।

प्रकाशीत नतीजा हेर्नको लागि यहाँ क्लीक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img