राशिफलमाघ १ गते शनिबार, निकै राम्रो छ यि राशिको भाग्य हेर्नुहोस राशिफल

माघ १ गते शनिबार, निकै राम्रो छ यि राशिको भाग्य हेर्नुहोस राशिफल

काठमाडाैं, १ माघ- १ माघ २०७८, तदनुसार १५ जनवरी २०२२ शनिबार । पौषशुक्लपक्ष त्रयोदशी तिथि, माघेसंक्रान्ति, माघी पर्व, उत्तरायण शुरु, आज देशभरका पावन नदीमा स्नान गर्ने दिन ।बराहक्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । त्यसैगरी देवघाटधाममा विशेष मेला लाग्ने गर्दछ ।

आज शनिप्रदोषव्रत समेत रहेको छ । आज बिहान सूर्योदय हुनुभन्दा पहिले स्नान गर्नुपर्ने मान्यता रहेको छ । आज बिहान ६ः५८ मा सूर्योदय हुनेछ भने ५ बजेर २९ मिनेटमा सूर्यास्त हुनेछ ।मृगशिरा नक्षत्र, कौलब करण, ब्रह्मा योग, चन्द्रमा बृष राशिमा रहेको छ । आज विहान ९ः३५ देखि १०ः५४ सम्मको समय राहुकाल रहेको छ । ११ः५२ देखि १२ः३४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ ।शनिबार बिहान पिपलको बृक्षमा जल अभिषेक गर्दा ग्रहको दोष नलाग्ने मान्यता छ ।शनिबार सूर्यनारायणलाई समेत जल अर्पण गरेर मात्र दिनको शुरुवात गर्दा शुभ हुनेछ । माघे संक्रान्ति सनातनीको एउटा मुख्य चाड पनि हो । आजको दिन खाने परिकार र सूर्य उत्तरायणमा प्रवेश गर्ने र गर्मी सुरु हुने छ ।मेष – महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।

वृष – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।

मिथुन – अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।

कर्कट – मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ।

सिंह – परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम चाँडै हातलागी हुनेछ। राेकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कन्या – आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। मध्याह्नदेखि अलमल बढ्नेछ भने कामको नतिजा कमजोर रहनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।

तुला -प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

वृश्चिक – चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

धनु – सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ। आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ।

मकर – विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला। प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ। सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ।

कुम्भ – शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएरै प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन – अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। विवादास्पद कामको जिम्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img