सुनसरी / झापाको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-९ स्थित शनिबार राति करिब पौने ९ बजे मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ´त्यु भएको छ ।
दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज ५ प १७३१ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खड्कालाई ठक्कर दिँदा खड्का घा’ईते भएका थिए ।घा’ईते भएका खड्कालाई उपचारको लागी बिएससि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृ’त्यु भएको थियो ।त्यस्तै झापाको बाह्रदशी गाउँपालिका-६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।
राजगढबाट चारपाने तर्फ आउँदै गरेको प्र १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनि’यन्त्रित दुर्घटना हुँदा घा’ईते भएका झापाको बिर्तामोड-६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा बिएससि अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



