भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका- ५ सुप्लामा रहेको सन्तानेश्वर महादेव थान मन्दिरमा श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायक्ष लाग्ने भएको छ । गुफाको मन्दिर संरक्षण, जग्गा थप, धार्मीक, सास्कृतीक प्रचार प्रसारका साथै पर्यटन प्रर्वद्धनका लागी यहि बैशाख ५ गतेदेखी १३ गते सम्म महायक्ष लगाउने तयारी भएको हो ।
भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लामा रहेको सन्तानेश्वर महादेव थान मन्दिरमा श्रीमद भागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायक्ष लाग्ने भएको छ । दोश्रो हलेसीको रुपमा परिचित प्रसिद्ध सन्तानेश्वर महादेव थानमा विस विं.स २०१० सालबाट देवीदेवताको खोज, अन्वेषण गरी हाल मन्दिरकोे रुपमा दर्ता भएसगैँ पहिलो पटक सप्ताह व्यापी महायज्ञ लगाउने तयारी भएको हो ।
मन्दिरमा रामनवमी, तिज, बालाचर्तुदशीको अवशरमा मेला लाग्ने गर्दछ भने सन्तानेश्वर, शिवपार्वती, महादेव, शिवलिगं, गुप्तेश्वर, हिमालय लगायत देवीदेवताको पुजाआजा गर्ने गरेको मन्दिरका पुजारी प्रेम बहादुर खड्काले बताए ।
महायज्ञबाट करिब ३० लाख भन्दा बढि आर्थिक संकलन गर्ने र उक्त रकमलाई जग्गा खरीद साथै मन्दिरलाई धार्मीक तथा सास्कृतीक रुपमा विश्वभर चिनाउन प्रचार प्रसार गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए ।
जिल्लाभरीका र जिल्ला बाहिरका गरी २० हजार भक्तजनहरु भेला हुने महायज्ञमा कथा बाचन दिपक सापकोटा नेतृत्वको टिमले गर्ने भएको छ ।
महायज्ञले प्रचार प्रसारको अभावमा गुमनाम रहेको मन्दिरको विश्वभर चर्चा हुनुका साथै पालिकाको धार्मीक,सास्कृतीक पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने देखीन्छ ।