तेह्रथुम : तेह्रथुमको म्याङ्लुङ नगरपालिका- ६ स्थितमा आफ्नै श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ४६ वर्षीय दीपक लिम्बूले घरायसी विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बूलाई धारिलो हतियार सिकल प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
श्रीमतीको हत्या गर्ने दीपकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरेको हो । शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।