ज्योतिषशास्त्र एक यस्तो विद्या हो जसले ग्रह नक्षत्रको गणना र तिनको चालबाट व्यक्तिको भविष्यका बारेमा भविष्यवाणी गर्छ । धेरैले ज्योतिषको गणना र भविष्यवाणीको विश्वास गर्छन् भने केही अविश्वास ।जीवनमा घट्ने केही शुभ र अशुभ घटनाको समेत ज्योतिषशास्त्रले जानकारी दिने गर्दछ । ज्योतिषशास्त्र अनुसार निम्न १० अवस्थामा ब्यक्तिको जीवनमा अशुभ घटना हुने संकेत गर्दछ ।
१. गहना हराउनु
बहुमूल्य गहना हराउनु वा चोरी हुनु राम्रो मानिँदैन । यसले आउने जीवनमा संकट वा अशुभ हुने संकेत गर्दछ ।
२. घरपालुवा जनावरको मृ’त्यु
यदि घरमा पालिएको घरपालुवा जनावर, चराचुरुङ्गीको एकाएक मृत्यु हुन्छ भने कुनै ठूलो विपत्ति आउने संकेत गर्दछ । तर प्राकृतिक मृत्युले भने असर गर्दैन ।
३. औंलामा अचानक कोठी आउनु
यदि हातको साहिली औंलाको फेदतर्फ अचानक कोठी आयो भने जीवनमा धोका पाउने सम्भावनालाई इशारा गर्छ ।
४. जीवनसाथीसँग झगडा
यदि एकाएक श्रीमान–श्रीमती (जीवनसाथी)बीच झगडा हुन्छ र झगडा बढ्दै जान्छ भने यसले संकट आउने परिस्थितिको संकेत गर्छ । साथै यसले धन नोक्सान हुनेतर्फ पनि इशारा गर्छ ।
५. अवसर गुम्नु
यदि कोही मानिसले सूचना वा मनसायको अभावमा कुनै ठूलो अवसर गुमाएको छ भने यसले उसको जीवनमा संकट आउँदैछ भन्ने संकेत गर्छ । साथै लामो समयबाट थालिएको काममा समेत अवरोध हुने गर्दछ ।
६. पेटको रोग
अचानक कसैमा पेट सम्बन्धि रोग देखा पर्छ र निको भइरहेको छैन भने यसले आउने जीवनमा अनेकौं समस्या आउन सक्नेतर्फ संकेत गर्छ । साथै मानिसमा मन चञ्चल हुने, चिढ्चिढापना बढ्ने हुन जान्छ ।
७. निरन्तर आर्थिक समस्या
यदि कसैलाई अचानक बोल्दा बोल्दै मुख लरबराउँछ र मुखमा आवश्यकता भन्दा बढी ¥याल आउने भइरहेको छ भने भविष्यमा धन र कानूनी अड्चन आउने घटनातर्फ इशारा गर्छ ।
८. पानीको ट्यांकी लिक हुनु
यदि घरमा रहेको पानीको ट्यांकी अचानक लिक भयो अर्थात चुहिन थाल्यो भने घरमा आर्थिक संकट आउने हुनसक्छ ।
९. तेल पोखिनु
काम गर्दागर्दै होस् वा लापरबाहीले होस्, अचानक घरको मुख्य द्वारमा तेल पोखियो भने परिवारमा विपत्ति आउने हुनसक्छ । यसरी तेल पोखिएमा तत्काल सेतो कपडाले सफा गर्नुपर्छ ।
१०. विद्युतीय उपकरण
यदि घरमा ठिकठाक चलिरहेको विद्युतीय उपकरण एकाएक बिग्रियो वा बारम्बार बिग्री रह्यो भने यो धन नोक्सानी हुने संकेत हो । यस्तो भएमा घरमा ठूलो आर्थिक क्षति आउन सक्छ । यसका साथै चर्किएको मोबाइल वा अन्य विद्युतीय उपकरण पनि बोक्नु हुँदैन ।