सुनसरी : जिल्ला प्रशासन कार्यलय सुनसरीमा बसेको डिसिसिएमसीको बैठक अनुसार बुधबार देखि लागू हुने गरि ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै लागू हुने गरि सुनसरीमा १३ बुँदे आदेश जारी गरेको छ ।
ओमिक्रोन भेरियन्ट भारतमा पनि भयावह रूपमा फैलिएको हुँदा नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरि जिल्ला प्रशासन कार्यलय सुनसरीले आदेशपत्र जारी गरेको छ ।कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ ।
२५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश रहेको छ ।
जिल्लाको कुनै क्षेत्रमा कोभिड संक्रमण देखिएमा स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८ बमोजिम सम्बन्धित स्थानीय तहले जोखिमको अवस्था विश्लेषण गरि कार्यलयलाई जानकारी गराउने जस्ता आदेशहरू रहेका छन् ।