- दीपक कार्की
चर्चित गायक तथा सर्जक राम कुमार नेपाली र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको लोक दोहोरी गित “मेलो बाबा २” शुक्रवार काठमाडौ स्थित राष्ट्रिय नाच घरमा एक कार्यक्रम का बिच सार्बजनिक भएको छ ।
पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायकद्वय अमृत भारती र रामकुमार नेपालिको यस गित पृथक दोहोरी गित हो।“मेलो बाबा १” को अपार सफलता पछि भाग २ “छानु” बजारमा ल्याइएको गायक तथा सर्जक अमृत भारतिले बताउनु भयो।
मेलो बाबा २” छानु”लाई बिमोचन प्रमुख अतिथि वरिष्ठ गायक यवम संगीतकार शम्भुजित बास्कोटाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली गित संगीत क्षेत्रका बिशिस्ट ब्याक्तित्वहरुको साथै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अमृत भारतीको शब्द संगीत रहेको उक्त गितमा संगीत संयोजन केशव बुढाले गरेका हुन । प्रकाश भट्टले भिडियो निर्देशन गरेको भिडियोमा चर्चित मोडल सागर लम्साल “बले” , गिता ढुंगाना र उषा उप्रेती लगायत अन्य कलाकारहरुको जोडदार अभिनयलाइ देख्न सकिन्छ।



