मनोरञ्जनम्याग्देली कलाकारहरूको लोक दोहोरी ‘घुमी घुमी’ सार्वजनिक

म्याग्देली कलाकारहरूको लोक दोहोरी ‘घुमी घुमी’ सार्वजनिक

काठामाडौं | म्याग्दी जिल्लाका स्थानीय कलाकारहरूले तयार पारेको नयाँ लोक दोहोरी गीत ‘घुमी घुमी’ को म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको छ। गीतमा मंगला गाउँपालिका–५, पिपलबोट निवासी करन कडेलको शब्द रचना रहेको छ भने स्वरमा उनलाई गायिका निशा भण्डारी कडेलले साथ दिएकी छन्।

दिपक शर्माको संगीतमा तयार भएको गीतको भिडियोमा करन कडेल र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ। भिडियोलाई ध्रुव जिसीले निर्देशन गरेका हुन् भने निर्माणमा दिनेश ढकाल र निशा भण्डारी कडेलको सहकार्य रहेको छ।

करन कडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो मंगला र रघुगंगा गाउँपालिकाका प्राकृतिक दृश्यहरूमा छायांकन गरिएको छ। गीतले ग्रामीण परिवेशमा आधारित माया–प्रेमको कथा प्रस्तुत गर्दछ।

कृषि प्राविधिक शिक्षकसमेत रहेका कडेल यसअघि ‘तितेपाती पजेबाजा’, ‘पानीको गाग्री कम्मरमा’, ‘पढ्छु कोरियन भाषा’ जस्ता गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img