हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा डुबेको गाडी अझै फेला परेको छैन। घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शनिबार काठमाण्डौ फर्किएको छ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले स्थलको माटो बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। २४ गते प्रारम्भिक कार्य सम्पन्न गरी टोली काठमाण्डौ फर्किएको हो। टोलीले संकलन गरिएका तथ्य र नमुनाको ल्याब परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ।
उक्त घटनामा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी डुबेको हो। ६ दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ।