समाजमकवानपुरमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

मकवानपुरमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान करिब ८:१५ बजे एक बोलेरो जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।  खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

बोलेरोमा सवार मध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ। घाइतेहरूमा १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान,  ७० वर्षीया फुलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत, र ४८ वर्षीय दिपक खड्काको अवस्था गम्भीर छ। अन्य घाइतेहरूमा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङको अवस्था मध्यम रहेको जनाइएको छ भने २८ वर्षीय सुजन तामाङको सामान्य चोट लागेकाले उनलाई प्रहरीको साथमा अस्पताल पठाइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img