Tuesday, December 3, 2024
फिचर३ वर्षमा मकवानपुरमा सवारी दुर्घटनामा परि १ सय ८९ जनाको मृत्यु

३ वर्षमा मकवानपुरमा सवारी दुर्घटनामा परि १ सय ८९ जनाको मृत्यु

मकवानपुर: मकवानपुरमा दैनिक रूपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातायात व्यवसायीहरू बताउँछन् । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडक खण्डमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् ।

साँगुरो सडक, अव्यवस्थित ट्राफिक र चालकको लापरबाहीका कारण मकवानपुरमा पछिल्लो ३ वर्षमा ९ सय १३ वटा सवारी दुर्घटनामा परेका छन् । प्रहरीको तथ्याङ्क अनुसार २०७७ असार देखी २०८० मङ्सिरसम्ममा जिल्लामा ९ सय १३ सवारी दुर्घटनामा पर्दा १ सय ८९ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि ४६ महिला, ४ सय ५० पुरुष, २८ बालक र १९ बालिका गरी ६ सय १ जना घाइते भएका छन् ।

तथ्याङ्कले सबैभन्दा धेरै दुर्घटनामा हुने सवारी मोटरसाइकल रहेको देखाएको छ । जसमा पछिल्लो ६ महिनामा मात्रै ५८ वटा मोटरसाइकल दुर्घटना भएको छ । त्यस्तै पछिल्लो १५ वटा जप्/कार, ७ वटा बस, १७ ट्रक, ४ ट्याक्टर, ९ ट्याम्पो र अन्य ५ गरी १ सय १५ वटा सवारी दुर्घटनामा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गको हेटौँडा खण्ड साँघुरो र जीर्ण सडकले दुर्घटनाको जोखिम बढेको छ । राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिका पर्छन् । सडक खण्डको करिब २५ किलोमिटर क्षेत्र हेटौँडामा पर्दछ भने १५ किलोमिटर मनहरि गाउँपालिकाभित्र पर्छ । दक्षिण तर्फबाट बाराको अम्लेखगंज हुँदै हेटौँडा–१५ चुरियामाईबाट यो सडक मकवानपुर प्रवेश गर्दछ भने पश्चिम तर्फबाट लोथर पुलसम्म पुगेर सिमा समाप्त हुन्छ । लोथर पुल कटेर पूर्व पश्चिम राजमार्ग सडक चितवन प्रवेश गर्छ ।

मकवानपुरतर्फ भने सडक साँघुरो अवस्थामा रहेको र हालसम्म विस्तार हुन सकेको छैन । दैनिक हजारौँ सवारीसाधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित बनेको स्थानीय बताउँछन् ।  राजमार्गमा जथाभावी रूपमा चलेका साना सवारी अटो रिकसा तथा मयुरीका कारण पनि सवारी चाप बढ्दा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेको देखिन्छ ।

हेटौँडा–१५ रातोमाटदेखि बजार क्षेत्र एचआइडी, थानाभ¥याङ, बस्तीपुर क्षेत्रमा अव्यवस्थीत रूपमा ठूला सवारी जथाभावी रूपमा पार्र्किङ गर्ने गरिएकाले पनि दुर्घटनाको जोखिम बढेको छ । सडक खण्डमा अधिकांश दुर्घटना मुख्य बजार क्षेत्र भन्दा बाहिर हुने गरेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img