बागमती प्रदेशमकवानपुर‘द भ्वाइस किड्स नेपाल’मा आर्मनलाई जिताउन मतदानको अपिल

‘द भ्वाइस किड्स नेपाल’मा आर्मनलाई जिताउन मतदानको अपिल

हेटौँडा। ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ राउन्डमा पुगेका हेटौँडा उपमहानगरपालिका–७ चिसापानीका ११ वर्षीय आर्मन कार्कीलाई विजयी बनाउन देश तथा विदेशमा रहेका नेपालीसँग मतदानको अपिल गरिएको छ।

आर्मन कार्की समर्थन अभियान समितिले सोमबार हेटौँडाको पल्पसा प्याराडाइजमा पत्रकार सम्मेलन आयोजना गर्दै आर्मनका पक्षमा बढीभन्दा बढी मतदान गर्न आग्रह गरेको हो। समितिले आर्मनलाई प्रतियोगिताको अन्तिम चरणसम्म पुर्‍याउन मकवानपुरवासीसँगै देश तथा विदेशमा रहेका नेपालीको सहयोग आवश्यक रहेको जनाएको छ।

कक्षा ६ मा अध्ययनरत आर्मन गायनसँगै गितार, हार्मोनियम र पियानो बजाउनसमेत रुचि राख्छन्। प्रतियोगिताको ब्लाइन्ड अडिसनमा प्रभावशाली प्रस्तुति दिँदै उनले कोचहरूको ध्यान तानेका थिए। त्यसपछि विभिन्न चरण पार गर्दै उनी लाइभ तथा भोटिङ राउन्डसम्म पुग्न सफल भएका हुन्।

प्रतियोगितामा आर्मनले नारायणगोपालका गीतसहित विभिन्न नेपाली गीत प्रस्तुत गरेका छन्। उनको प्रस्तुति र गायन क्षमताको कोच तथा दर्शकबाट प्रशंसा हुँदै आएको परिवारले जनाएको छ।

पत्रकार सम्मेलनमा आर्मनका बुबा रमेश कार्कीले अघिल्ला चरणमा कोच र निर्णायकको मूल्याङ्कनका आधारमा आर्मन अगाडि बढेको भए पनि लाइभ राउन्डमा दर्शकको मत निर्णायक हुने बताए।

उनले आर्मनलाई कोचले उत्कृष्ट प्रतियोगीमध्ये एकका रूपमा लिएको र ‘स्टिल’ प्रक्रियाबाट नभई सिधै छनोट गरेर अगाडि बढाएको बताए।

“अब हामीलाई विशेषगरी भोटिङ आवश्यक छ। हेटौँडावासी, मकवानपुरवासी तथा देश–विदेशमा बस्नुहुने नेपालीले बाबुलाई धेरैभन्दा धेरै भोट दिनुभयो भने जित्ने सम्भावना बलियो हुन्छ,” उनले भने, “कोचले पनि बाबुलाई उत्कृष्ट प्रतियोगीमध्ये एकका रूपमा लिनुभएको छ। तर लाइभ राउन्डमा प्रतिभासँगै दर्शकको मत आवश्यक हुने भएकाले सबैसँग सहयोगको विनम्र अनुरोध गर्छौँ।”

उनले आर्मनले प्रतियोगितामा व्यक्तिगत प्रतिभा मात्र प्रस्तुत नगरी हेटौँडा र समग्र मकवानपुरको प्रतिनिधित्वसमेत गरिरहेको बताए। सानै उमेरमा राष्ट्रियस्तरको सांगीतिक मञ्चमा पुगेका आर्मनलाई अगाडि बढाउन स्थानीय तह, शैक्षिक संस्था, सामाजिक संस्था, संगीतप्रेमी तथा सर्वसाधारणको साथ आवश्यक रहेको उनको भनाइ छ।

आर्मनले ब्लाइन्ड अडिसनपछि ब्याटल राउन्डलगायत विभिन्न चरण पार गर्दै लाइभ शोमा स्थान सुरक्षित गरेका हुन्। उनको समर्थनमा सामाजिक सञ्जालमा समेत मतदान अभियान सञ्चालन भइरहेको छ। अभियानमा उनलाई ‘मकवानपुरको शान’ भन्दै बढीभन्दा बढी मत दिन आग्रह गरिएको छ।

अभियान समितिका अनुसार आर्मनका लागि साउन ९ गतेदेखि मतदान खुला भएको छ। समितिले जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमार्फत मतदान गर्ने तरिकाबारे जानकारी दिने तथा देश–विदेशमा रहेका नेपाली समुदायसम्म अभियान विस्तार गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा आर्मनको सांगीतिक यात्रा, प्रतियोगितामा प्राप्त उपलब्धि र आगामी मतदान अभियानबारे जानकारी गराइएको थियो। परिवार तथा अभियान समितिले आर्मनलाई अन्तिम चरणसम्म पुर्‍याउन प्रत्येक मत महत्त्वपूर्ण हुने भन्दै मतदान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ।

‘द भ्वाइस किड्स नेपाल सिजन–५’ जेठ २९ गतेदेखि हिमालय टेलिभिजन र कार्यक्रमको आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ। प्रतियोगिताको लाइभ राउन्डमा पुगेपछि अब आर्मनको आगामी यात्रा दर्शकबाट प्राप्त हुने मतमा निर्भर रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img