Sunday, July 20, 2025
देशकोशी प्रदेशभोजपुरको हतुवागढीमा शोक माथि शोक, तीन दिनमा १० जनाको मृत्यु

भोजपुरको हतुवागढीमा शोक माथि शोक, तीन दिनमा १० जनाको मृत्यु

spot_img

भोजपुर | गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

हतुवागढी ७ पिप्लेमा आज भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

५ वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने केदारका भाइ रमेश कार्कीका छोरी दीपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।

बोलेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ७ जना हतुवागढीकै थिए । जसमा हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी–५ की ३० वर्षीया रामकुमारी राई र हतुवागढी–५ का ४२ वर्षीय किसान राई थिए ।

अर्का एक जना भने सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारी रहेका थिए । दुर्घटनामा परी हतुवागढी–२ कै ३२ वर्षीया शान्ति राई, हतुवागढी–१ का १७ वर्षीय सुनील परियार, १७ वर्षीया सविना परियारलगायत ९ जना घाइते भएका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img