बागमती प्रदेशमकवानपुर‘काठमाडौंको पत्रकारिता’माथि हेटौँडामा अन्तरक्रिया

‘काठमाडौंको पत्रकारिता’माथि हेटौँडामा अन्तरक्रिया

हेटौँडा |  नव वर्ष २०८३ को अवसरमा स्वतन्त्र पत्रकार संघ मकवानपुरले ‘काठमाडौंको पत्रकारिता’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ। सोही अवसरमा शुभकामना आदानप्रदानसँगै संघका संस्थापक अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय महासचिव सुरेश श्रेष्ठलाई बधाई व्यक्त गरिएको छ।

कार्यक्रममा हेटौँडाबाटै पत्रकारिता सुरु गरी लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत होम कार्कीले मकवानपुरबाट काठमाडौं हुँदै विभिन्न देशसम्म गरेको रिपोर्टिङ अनुभव र समाचार लेखनबारे आफ्नो अनुभव साझा गरे। उनले डिजिटल माध्यम र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पत्रकारिता अझ सहज र प्रभावकारी बन्न सक्ने बताए। साथै, पुराना पाठक र नयाँ डिजिटल पाठक दुवैलाई समेट्ने गरी सन्तुलित सामग्री उत्पादन आवश्यक रहेको उनको भनाइ थियो।

उनले जिल्लाबाट उठेका विषयलाई राष्ट्रिय सञ्चारमाध्यमले प्रभावकारी रूपमा ‘डिप्थ’ गर्न सक्ने भए पनि जिल्लास्तरमा त्यस किसिमको अभ्यासको कमी रहेको बताए। उनले डेप्थ रिपोर्टिङ र बिट रिपोर्टिङको अभ्यास विस्तार गर्नुपर्नेमा जोड दिँदै स्थानीय पत्रकारले आफ्नै एजेन्डा निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे।

हेटौँडामा क्रियाशील, कुनै दलमा आबद्ध नभएका स्वतन्त्र पत्रकारहरूको सहभागितामा आयोजित कार्यक्रमको अध्यक्षता संघ मकवानपुर शाखाका अध्यक्ष राजन घिमिरे अनुरागले गरेका थिए। प्रमुख अतिथिका रूपमा सुरेश श्रेष्ठ सहभागी थिए भने निवर्तमान अध्यक्ष गोकुल अधिकारीलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img