शिक्षाहेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

spot_img

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नयाँ शैक्षिक सत्रसँगै अध्ययन सुरु गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली, अनुशासन र अतिरिक्त क्रियाकलापबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । चालु शैक्षिक सत्रमा कलेजको कक्षा ११ मा १५० जना विद्यार्थी भर्ना भएका छन् । कार्यक्रममा विद्यार्थीलाई गुणस्तरीय शिक्षा, सकारात्मक सोच, समय व्यवस्थापन, लक्ष्य निर्धारण र जिम्मेवार विद्यार्थीको भूमिकाबारे जानकारी दिइएको थियो ।

कलेजका सीईओ सुमन्त सिलवालले विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, नियम र अनुशासनबारे जानकारी गराइएको बताए । उनले अनुशासित भएर अध्ययन गर्न र आफ्नो लक्ष्यप्रति जिम्मेवार बन्न विद्यार्थीलाई प्रेरित गरिएको जानकारी दिए ।

कलेजका प्राचार्य श्रीबहादुर कार्कीको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पाठकले अभिमुखीकरणले विद्यार्थीलाई नयाँ वातावरणमा सहज रूपमा घुलमिल हुन, आत्मविश्वास बढाउन र अध्ययनप्रति थप उत्प्रेरित हुन सहयोग पुग्ने बताए । अभिमुखीकरण कार्यक्रममा आमाघरका संरक्षक विजयराज सिग्देलले सहजीकरण गरेका थिए ।

कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै प्रेरणामूलक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कलेजले यसै शैक्षिक वर्षदेखि चारवर्षे स्नातक तह बीबीएस कार्यक्रममा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img