काठमाडाैँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि तीनवटा प्रमुख क्षेत्रका सात स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र खुलामञ्च क्षेत्रभित्र रहेका सातवटा बुथबाट मतदान प्रक्रिया अघि बढाइनेछ।
काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने वातावरण बनाउन छुट्टाछुट्टै स्थान तय गरिएको हो।
निर्वाचन प्रक्रियालाई व्यवस्थित र सहजीकरण गर्न तीनवटै क्षेत्रमा आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध मिलाइएको पार्टीले जनाएको छ।



