समाजराति १० बजेदेखि सेनाको तयारी

राति १० बजेदेखि सेनाको तयारी

काठमाडौँ । हालको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडका घटनाबारे नेपाली सेनाले कडा चेतावनी दिएको छ। सेनाले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै रोकिएन भने स्थिति नियन्त्रणमा लिन कडा कदम चालिने स्पष्ट पारेको हो।

सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

“हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहले नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने कार्य गरेका छन्। यस्ता गतिविधि तत्काल रोक्न अनुरोध गर्दछौं,” सेनाद्वारा जारी सूचनामा भनिएको छ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाली सेना नेपाल र नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ। सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न अपिल गरेको छ।

सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी आवश्यकता अनुसार थप सूचना जारी गरिने समेत सेनाले जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img